मुना सहकारीमा तपाईंलाई स्वागत छ । आर्थिक रुपमा स्वचालित समाजको सृजनाका लागि समुदायमा उत्पादनशिलता र मितव्ययी भावनाको विकास गराई सहकारीको माध्यमबाट सदस्यहरुको सामाजिक, आर्थिक जीवनस्तरलाई ठोस उचाईमा पुर्याउने परिकल्पना बनाई यस मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो । संघिय निर्वाचन क्षेत्र नं १ नवलपरासी जिल्ला भित्र मात्र कार्यक्षेत्र रहेको यस सहकारी संस्था नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको वित्तीय संस्था हो । संघियता अघि डिभिजन सहकारी कार्यालय, नवलपरासीको मातहतमा रहेको यस संस्था हाल गण्डकी प्रदेश सरकारको सम्बन्धित निकाय (सहकारी हेर्ने मन्त्रालय) को मातहतमा रहेको छ । समुदायका ब्यक्तिहरुको आर्थिक र सामाजिक उत्थानमा सहयोग पुर्याउने तथा सदस्यहरुको हित संरक्षण तथा आर्थिक अवस्था सुधारका लागि विविध कृयाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले आफ्नो स्थापनाकाल देखिनै सदस्य हितका कार्यक्रमहरु संचालन गर्दै आएको एवम् बचत तथा ऋणका भिन्न सेवाहरु र सदस्यहरुको मनोभावनालाई उच्च सम्बोधन गर्नेगरी मोवाईल बैकिक, एस.एम.एस.बैकिक, ट्याव्लेट बैकिक क्यू.आर.कोड, ई—टेलर तथा रेमिटान्सका विभिन्न सेवाहरु सर्वसुलभ तथा गुणस्तरीय रुपमा प्रदान गर्दै आईरहेको छ । संस्था नीति ,विधि र प्रविधि मार्फत सञ्चालित हुनुपर्दछ भन्ने दृढ मान्यताका साथ हरेक क्रियाकलापलाई अझ बढी सुव्यवस्थित, प्रतिस्पर्धी एवम् व्यवसायिक बनाउनका लागि आवश्यक नीति,नियम एवम् कार्यविधिको तर्जुमा र मौजुदा नीति नियम एवम् कार्यविधिको समयानुकुल संशोधन तथा परिमार्जन गर्ने कार्य निरन्तर रुपमा हुदै आईरहेको छ ।
मुना सहकारीमा तपाईंलाई स्वागत छ